खेलकुद

रोनाल्डोले कोरोना प्रोटोकल तोडेको आशंका !

अशोज ३०, २०७७

एजेन्सी– इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले कोरोना संक्रमित भएका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले कोरोनाको प्रोटेकल तोडेको आशंका गरेका छन् ।

पोर्चुगलमा संक्रमण पोजेटिभ देखिएका रोनाल्डो बुधबार टुरिन फर्केका थिए । रोनाल्डोले कोभिडको प्रोटोकल तोडे जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा खेलकुद मन्त्रीले भने, ‘यदि कुनै स्वास्थको आधिकारिक निकायको स्वीकृति विना फर्केका हुन् भने मलाई लाग्छ त्यो प्रोटेकोल तोडेको हुन्छ ।’

युभेन्ट्सका सुपर स्टारलाई सोमबार कोरोना संक्रमण सार्वजनिक भएको थियो । इटालीमा १० दिन मात्र क्वारेन्टिन बस्दा पुग्ने भएकाले उनी चाँडै इटाली फर्केको बताइएको छ । पोर्चुगलमा भने १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । युभेन्टसले भने रोनाल्डोले स्विकृती लिएको जनाएको छ ।

बार्सिलोनाविरुद्ध हुने च्याम्पियन्स लिगको समूह चरणको खेलका लागि तयार हुन आशाका साथ रोनाल्डो फर्केको अनुमान गरिएको छ । अक्टुबर २८ का लागि युभेन्ट्स र बार्सिलोनाको खेल तय छ ।

रोनाल्डो आफ्नो प्राइभेट जेटमार्फत कासेल्ली एयरपोर्टबाट टुरिन पुगेका हुन् । उनमा कोरोनाको कुनै लक्षण देखिएको छैन । कोरोना पुष्टि भएसँगै उनले घरेलु मैदानमा तय भएको स्वीडेनविरुद्धको नेसन्स लिगको खेल गुमाएका थिए ।

रोनाल्डोले इटालियन सिरी ‘ए’ को क्रोटोनविरुद्धको तथा च्याम्पियन्स लिगको डाइनामो किभविरुद्धको खेल गुमाउने छन् । २१ अक्टोबरसम्म उनी कोरोनामुक्त भए बार्सिलोनाविरुद्ध उत्रन पाउनेछन् । त्यो अवस्थामा रोनाल्डो लामो समयपछि अर्जेन्टिनी तथा बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीविरुद्ध खेल्नका लागि उपलब्ध हुन सक्छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button