खबर

 धरापमा परेर पाकिस्तानमा १४ सुरक्षाकर्मी मारिए

३० आश्विन २०७७

ग्वादर ।

पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् । स्थानीय समय अनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा घटना भएको हो । ग्वादरदेखि कराँचीसम्म तेल तथा ग्यास विकास कम्पनी लिमिटेडका कर्मचारीहरु पनि खटाइएको थियो । तर उनीहरु भने सुरक्षित रहेको जनाइएको छ ।

सैनिकहरु चढेको दुई ओटा सवारी साधन विद्युतीय धरापमा परेर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । विस्फोटन पछि सवारी साधन पनि पुरै जलेर नष्ट भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button