
३० असोज २०७७
गौरादह । राप्रपाले झापाको कमल गाउँपालिका वडा नं २ मुजुरभिट्टामा आज(शुक्रबार ) विजयादशमी, दिपावली तथा छैठ पर्वको अवसर पारेर कार्यकर्ताहरुबीच शुभकामना आदनप्रदानसहित परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
राप्रपाका पार्टी परिचालन तथा अनुगमन समिति संयोजक दिपक खरेलको अध्यक्षता र महामन्त्री एवम सांसद राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका एक नम्बर प्रदेश संयोजक राम थापा, जिल्ला अध्यक्ष अमर विष्ट, क्षेत्रीय अध्यक्ष विजय बराल, गाउँ समिति अध्यक्ष विष्णु प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका सहभागीहरुले यस बर्ष कोरोना महामारीका कारण चाडपर्व सुरक्षित रुपमा मनाउनु पर्नेमा जोड दिएका थिए । राप्रपाले हालै कमल गाउँपालिकाका ७ वटै वडामा नेतृत्व चयन गर्दै संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको थियो । सोही अवसरमा अभियानलाई अब गाउँ, टोल स्तरमा कार्यकर्ताहरु माझ जारी राख्ने तथा चाडपर्वलाई सामान्य रुपमा मनाउन र समाजका हुन सक्ने अपराध तथा विकृति विसंगतिहरु अन्त्यका लागि आआफनो ठाउँबाट भुमिका निर्वाह गर्ने निर्णय पनि गरिएको संयोजक खरेलले बताए ।



