५ कार्तिक २०७७
सुरुङ्गा । झापा गाउँपालिकाको वडा नं २ कुवाडी र वालुवाटारको विचमा रहेको सानो माईनदीमा आज (बुधबार) फलामे पुलको विधिवत् रुपमा उद्घाटन गरिएको छ । पुलको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले गरेका थिए ।
झापा गाउँपालिकाले आफ्नो आन्तरिक वार्षिक वजेटवाट यो पुल निमार्णका लागि वजेट छुट्याएको थियो । गाउँपालिकाले पुल वनाउनको लागि एक करोड दुईलाख वरावरको रकम छुट्याएता पनि ८५ लाख ८८ हजार तिनसय चौध रुपँैयामा पुलको काम सम्पन्न भएको थियो । पुलको दुवैतिर छेउछाउमा ग्राभेल गर्न र माटोको कामको लागि थप पाँचलाख समेत दिएका थिए । यो फलामे पुलको लम्वाई ३९६ फिट र चौडाई ५ फिट रहेको छ । यो फलामे पुल वनाउन सम्पुर्ण प्राविधिक सहयोग सहारा नेपाल साकोस चारपानेले गरेको थियो ।
यो पुल वनेपछि झापा गाउँपालिकाको वडा नं २,३,५,र ६ गौरीगंज गाउँपालिकाको वडा नं ३, शिवसतासी नगरपालिकाको वडा नं। ४ र ५ कन्काई नगरपालिकाको दक्षिणी भेगका वासिन्दाहरुलाई आवजजावतमा धेरै नै सहज भएको छ ।
उपभोक्ता समितिका अध्यक्ष द्धरिका खतिवडाको अध्यक्षातमा भएको कार्यक्रममा प्रमुख अथिती झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह रहेका थिए ।
पुलको उद्घाटन कार्यक्रमा प्रमुख अतिथी जयनारायण शाह , विशेष अतिथीहरुमा वडा अध्यक्षहरु मोतीलाल गणेश, राजकुमार यादव , कुमरखोद रेडक्रस सभापति सुन्दरलाल गणेश , नेपाली काँग्रेस जिल्ला सदस्य जगन्नाथ राजवंशी , टिका गणेश, मिथिलेश गणेश , नरेश चौधरी , टेक वहादुर कार्की तथा उपभोक्ता समितीका पदाधिकारीहरु रहेका थिए । कार्यक्रमको संचालन राजकुमार कोचले गरेका थिए भने स्वागत मन्तव्य वरतलाल राजवंशीले गरेका थिए ।



