खबर

प्रदेश १ सरकारका प्रवक्ता मन्त्री कार्कीलाई संक्रमण

७ कार्तिक २०७७
मेचीनगर । आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री कार्काीर्ला कोरोना संक्रमण पुष्टि भएपछि उनले हिजो पिसिआर परीक्षण गराएका थिए । प्रयोगशालाको परीक्षणबाट आज उनीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री कार्कीले फेसबुक स्टाटस लेख्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएको र अहिलेसम्म अवस्था सामान्य रहेको उल्लेख गरेका छन् । असोज २९ गतेको पिसिआर रिपोर्ट नेगेटिभ आएको भन्दै उनले केही दिनदेखि सामान्य रुघाखोकीको असर देखा परेपछि एकान्तबास बसेको र परीक्षण गर्दा संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । मन्त्री कार्कीले आफूसँग सम्पर्कमा आएका सबैलाई सजग रहन पनि आग्रह गरेका छन् । आफू विराटनगरस्थित घरमा आइसोलेटेड भएर बसेको उनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button