१२ कार्तिक २०७७
एजेन्सी ।
विश्वमा कोरोनाबाट हुने मृत्युदर कम भैरहेको समयमा फेरि पुरानै लयमा फर्किने चिन्दा बढेको छ । मंगलबार साढे दुई महिनापछि पुरानै आँकडा कायम भएको हो ।
वर्ल्डोमिटर्सका अनुसार मंगलबार एकैदिन ७ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । यो दैनिक मृत्युदर गत अगष्टमा रेकर्ड भएको थियो।
पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार २३ संक्रमितको मृत्यु भएपछि संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ७१ हजार २७१ पुगेको छ । यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६ लाख २० नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ५९ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमित संख्या ४ करोड ४२ लाख ३४ हजार ९३३ पुगेको छ । त्यसमध्ये ७९ हजार ८८७ जनाको अवस्था गम्भीर छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ७४३ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २४ लाख नाघेको छ ।
सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९० लाख ३८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७९ लाख ८८ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५४ लाख ४० हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५४ हजार ९८४ जनाको मृत्यु भएको छ । ८८ लाख ५७ हजार ३२६ जना संक्रमित भएकोमा ३५ लाख ४८ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।
युरोपमा दोश्रो लहर देखिएपछि बेलायत, इटाली, नेदरल्यान्ड्स र रसियामा संक्रमित बढ्न थालेका छन् । स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसकेको छ ।janadesh.com



