१२ कार्तिक २०७७
काँकरभिट्टा ।
झापाको मेचीनगर नगरपालिकाका नगर प्रमुख बिमल आचार्यलाई कोरोना संक्रमण पछि देखिएको स्वास्थ्य समस्याका कारण भारतको पश्चिम बंगाल स्थित सिलिगुडीमा अहिले उपचार भइरहेको छ ।
नगर प्रमुख आचार्यको स्वास्थ अवस्था अहिले सामान्य रहेको मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताएकाछन् ।
शिलगढीको हिलकार्ट रोडमा रहेको किन्स अस्पतालमा उनको उपचार भईरहेको बताईएको छ । डा शेखर चक्रवर्ती सहितकोे चिकित्सक टोली अहिले आचार्यको उपचारमा लागेको समेत संयोजक उप्रेतीले बताए ।गत असोज २८ गते आचार्यमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएको केही दिनपछि आचार्य विराटनगरको नोबेल मेडिकल कलेजमा उपचारका लागि उनलाई लगिएको थियोे ।
थप उपचारका लागि विराटनगरबाट हिजो साँझ आचार्यलाई सिलिगुडी लगिएको हो ।परीक्षणका रिपोर्टहरु आउँने क्रममा रहेको अस्पतालले जनाएको छ ।



