खबर

संक्रमण भयावह बन्दै गएपछि बिर्तामोडमा , लकडाउन गर्न माग

१५ कार्तिक २०७७
बिर्तामोड।झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा कोरोना संक्रमण भयावह बन्दै गएपछि स्थानीयले लकडाउन गर्न माग गरेका छन् ।

आवतजावत र भीडभाडमा कडाइ नगरिँदा कोरोना संक्रमण तीब्र रुपमा बढेकाले परिस्थिति अझ भयावह बन्न सक्ने चिन्ता गर्दै नगरबासीहरुले केही दिनका लागि भएपनि लकडाउन गर्न माग गरेका हुन् । बिर्तामोडमा अहिले सम्म कोरोना संक्रमणबाट ६ जनको मृत्यु भइसकेको छ । हालसम्म बिर्तामोडका ३४० जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १४६ जना निको भएका छन् । संक्रमितमध्ये १८८ जना आइसोलेसनमा रहेका छन् । १८४ जना घर र ४ जना अस्पतालको आइसोलेसनमा रहेको बिर्तामोड नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए । बिर्तामोडमा लगातार कोरोना संक्रमितको मृत्यु भइरहेको छ । शुक्रबार एकजनाको मृत्यु भएको थियो भने शनिबार दुईजना थपिएका छन् ।त्यस्तै शनिबार ४ परुष र १ महिला गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु स्थानीय रहेका छन् । त्यसको अघिल्लो दिन शुक्रबार १६ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित हुनेहरुमा एकजना चिकित्सक , दुईजना सरकारी स्वास्थ्यकर्मी रहेका छन् । स्वास्थ्यकर्मीमा बिर्तामोड नगरपालिकाका एकजना र अर्का बिर्तामोड घर भई रंगेलीमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् । बिर्तामोड नगरपालिका कोरोनाको हटस्पट बन्न लागेकोमा स्थानियको त्रास र चिन्ता बढेको हो । संक्रमणका कारण परिस्थिति भयावह बन्दै गएकाले नगरपालिकाले लकडाउन गर्नुको विकल्प नभएको बिर्तामोड ३ का अफरोज खानले बताए । त्यस्तै बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले लकडाउनका लागि नगरबासीका तर्फबाट ठूलो दवाव आइरहेको बताए । उनले पहिला लकडाउनको विरोध गर्नेहरुले अहिले लकडाउनको माग गरिरहेको बताए । ‘ कि लकडाउन गर्नुपर्यो कि त्यसको विकल्पमा केही गर्नुपर्यो उनले भने ,‘ लकडाउनको विकल्पमा जनचेतनामूलक कार्यक्रम र अनिवार्य मास्कजस्ता उपाय गरिन आबश्यक छ भएको बताए ।
त्यसैगरी नगरपालिकाले पनि पिसिआर परीक्षणको दायरा बढाउन आबश्यक भएको समेत भट्टराईको माग रहेको छ ।संक्रमितको संख्या बढ्दै जाँदा नगरपालिकाले पिसिआर परीक्षणको दायरा बढाउन सकेकोे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button