खेलकुद

एटलेटिको बराबरीमा रोकियो

कार्तिक १९, २०७७

एजेन्सी – गोलरक्षक गिलेर्मे अल्भिमले उत्कृष्ट प्रदर्शन गर्दा रसियाली टोली लोकोमोटिभ मस्कोले स्पेनको एटलेटिको म्याड्रिडलाई १-१ को बराबरीमा रोकेको छ ।

खेलको १८ औं मिनेटमा जोसे मारिया जिमिनेजले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए । हेक्टर हरेराको पासमा जिमिनेजले गोल गर्दै पाहुना टोलीलाई अघि बढाएका थिए । तर अग्रता लिएको ७ मिनेटपछि उनै हरेराको ह्याण्डबलमा मस्कोले पेनाल्टी पायो । रेफ्रीले भीएआरको सहायताले दिएको पेनाल्टीमा एन्टोलिन मिरान्चुकले गोल गर्दै खेल बराबरीमा ल्याए ।

एटलेटिकोले त्यसपछि खेलमा एकपक्षीय दबाब कायम गर्दै लगातार पोस्टमा आक्रमण गरेपनि गोलरक्षक गिलेर्मे बाधक बने । उनले एटलेटिकोको आधा दर्जन प्रहार विफल पारेका थिए । युवा फरवार्ड जोआओ फेलिक्सको दुई उत्कृष्ट प्रहार बचाएका उनले टोलीलाई पछि पर्नबाट जोगाएका थिए ।

यस बराबरीसँगै एटलेटिको समूहको दोस्रो स्थानमा सिमित भएको छ । एटलेटिकोको ३ खेलमा १ जित, १ बराबरी र १ हारसहित ४ अंक छ । शीर्षस्थानको बायर्न ३ खेलमा ३ जितसहित ९ अंकमा छ । लोकोमोटिभ मस्कोले २ अंक तथा आरबी साल्ज्बर्गले १ अंक जोडेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button