खबर

आज थप २ हजार ९०९ जनामा कोरोना संक्रमण

२१ कार्तिक २०७७

ललितपुर ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्यासगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप ४ हजार ५ सय जना डिस्चार्ज भएका छन । योसँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

प्राप्त जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार ७० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button