खेलकुद

साउथह्याम्टन शीर्षस्थानमा उक्लियो

कार्तिक २२, २०७७

एजेन्सी – न्युक्यासल युनाइटेडमाथि सहज जित हात पार्दै साउथह्याम्टन इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा साउथह्याम्टनले न्युक्यासललाई २–० ले हराएको हो । प्रिमियर लिगमा ८ खेलमा पाँचौ जित निकालेको साउथह्याम्टनले लिभरपुललाई गोल अन्तरमा पछि पारेको हो । समान १६ अंक रहेपनि लिभरपुलले एक खेल कम खेलेको छ । पराजित न्युक्यासल ११ अंक जोडेर ११औं स्थानमा छ ।

सेन्ट मेरिज स्टेडियममा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको सातौ मिनेटमा नै चे एडाम्सको गोलबाट अग्रता लिएको थियो । उनले थियो वल्कोटको पासमा गोल गरेका थिए । १२औं मिनेटमा एडाम्सको अर्काे प्रहार सदुपयोग हुन सकेन ।

२२औं मिनेटमा इलान सेन्ट म्याक्सिमिनको पावरफुल हेडर सिधै साउथह्याम्टनको गोलरक्षक एलेक्स म्याकर्थीको हातमा पुग्दा न्युक्यासल बराबरीबाट चुक्यो । ४२औं मिनेटमा थियो वल्कोट चुके । ५१औं मिनेटमा ओरिओल रोमिउको प्रहार क्रसबारमा लागेर फकैदा साउथह्याम्टन अग्रता दोब्बर पार्नबाट चुक्यो ।

८२औं मिनेटमा स्टुआर्ट आम्सस्ट्रोङले गोल गर्दै साउथह्याम्टनको अग्रता दोब्बर पारे । ८६औं मिनेटमा जमल लेविसको क्रसमा जोइलिन्टनको डाइभिङ हेडरलाई गोलरक्ष म्याकार्थीले उत्कृष्ट बचाउ गर्दै न्युक्यासलको गोललाई टारे । घरेलु मैदानमा साउथह्याम्टनले न्युक्यासलमाथि बल पोजेसनमा पनि पकड बनाएको थियो ।

यस्तै प्रिमियर लिगको अर्काे खेलमा ब्राइटन र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले ब्राइटन १६औं स्थानमा तथा बर्नली १९औं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button