२३ कार्तिक २०७७
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा सरुवा भएर आएका कार्यकारी अधिकृत दिनानाथ लम्साललाई १ महिना नहुदै अन्यत्र सरुवा गरिएको भन्दै नगरका केही वडा अध्यक्षहरुले आपत्ति जनाएका छन् । लम्साल कार्यकारी अधिकृतको रुपमा मेचीनगर नगरपालिका आएको १ महिना नहुदै कर्मचारी सरुवाको नियम विपरित उनको सरुवा भएकोमा आपत्ति जनाउँदै वडा अध्यक्षहरुले भोली (सोमवार) नयाँ आउने कार्यकारी अधिकृतलाई हाजिर हुन नदिन उप प्रमुख मिना उप्रेतीलाई ज्ञापन पत्र बुझाउने तयारी भएको वडा नं ५ का वडा अध्यक्ष योगेन्द्र थापा मगरले चौतारी पोष्ट अनलाइनलाई बताए । थापाका अनुसार भर्खरै मेचीनगर नगरपालिकामा सरुवा भएर आएका कार्यकारी अधिकृत दिनानाथ लम्सालको सरुवा कर्मचारी सरुवाको नियम विपरित भएकाले उप प्रमुखलाई ज्ञापन पत्र बुझाउन लागेको उनको तर्क छ ।
थापाले एउटा कर्मचारी नगरपालिकामा आएर काम शुरु नगर्दै उनको सरुवा हुनु भनेको नगरपालिकाकै कामलाई अस्थिर बनाउन खोजेको आरोप लगाउँदै भोली आउने नयाँ कर्मचारीको पनि १ महिनामै सरुवा हुदै गए त्यसको प्रभाव नकारात्मक हुने र नगरपालिकाका कामहरु नै अस्तब्यस्त बन्ने भएकाले लम्सालको सरुवालाई रोक्नु पर्ने उनको तर्क रहेको छ । एक जिज्ञासमा थापाले महिना दिन नहुदै कर्मचारीको सरुवा गर्नु विधि र विधान विपरित भएको र यसले नकारात्मक सन्देश दिने भएकाले आफु लगायतका अन्य वडाका अध्यक्षहरुले भोली ज्ञापन पत्र बुझाउन लागेको बताए ।
0 25 1 minute read



