मूल खबर

ट्रम्पले चुनाव हारेपछि अमेरिकामा अनौठो परिदृष्य, उनका समर्थक र आलोचकबीच झडप

१ मंसिर २०७७
एजेन्सी ।

वहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावमा पराजित भएपछि अमेरिकामा अनौठा परिदृष्य देखिन थालेका छन् । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले गरेको र्‍यालीमा उनका समर्थक र विपक्षीबीच झडप भएको छ ।

राजधानी वाशिङ्टनमा दुई ठूला समूहबीच मूठभेड हुँदा एक जना मानिसलाई छुरा हानिएको बताइएको छ । ट्रम्प समर्थक र्‍यालीमा उग्रदक्षिणपन्थी प्राउड ब्वाइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए।

त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए ।राष्ट्रपति ट्रम्पले चुनावमा जो बाइडनको जीतलाई आधारहीन र अमान्य भन्दै आएका छन् ।

निर्वाचन अधिकारीहरूले भने अमेरिकाको इतिहासकै सबैभन्दा सुरक्षित चुनाव भएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले केही राज्यहरूमा मतपरिणामलाई लिएर मुद्दा हालेका छन्।

ट्रम्प र उनका समर्थकले चुनावमा व्यापक रूपमा धाँधली भएको आरोप लगाएपनि प्रमाण पेश गरेका छैनन् । तर उनका प्रयासमा शुक्रवारमात्रै तीनवटा धक्का लागेका छन्।

एरिजोना राज्यमा उनको समूहले निर्वाचनका दिन गरिएका मतदानमा मतपत्र पुनः हेरिनुपर्ने माग गर्दै दर्ता मुद्दा फिर्ता लिएको छ ।

उनका प्रतिद्वन्द्वी बाइडनको स्पष्ट अग्रता देखिएपछि एरिजोनामा मुद्दा हालिएको थियो । केही वैध मतहरू अस्वीकार गरिएको दाबीसहित मुद्दा दायर गरिएको थियो ।

मिशिगनमा रिपब्लिकन तर्फका दुई पर्यवेक्षकले गरेको निवेदनलाई न्यायाधीशले अस्वीकार गरेका छन्। ती पर्यवेक्षकले वेन काउन्टीमा धाँधली भएको आरोप लगाएका थिए।

पेन्सिल्भेनियामा ट्रम्पको अभियानले पत्रमार्फत आएका मतपत्रहरूलाई अमान्य गर्न गरिएका निवेदन पनि अस्वीकार गरिएको छ।

जर्जिया राज्यमा भने दुई उम्मेदवारबीच झीनो मतान्तर रहेपछि त्यहाँ हातैले गनेर पुनः मतगणना गरिँदैछ । बाइडन समूहले भने मतपरिणाम फरक आउने अपेक्षा आफूहरूले नगरेको बताएका छन्।janadesh/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button