खेलकुद

ज्लाटनको दुई गोलमा नेपोलीको हार

मंसिर ८, २०७७

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा नेपोलीमाथि ३–१ को सहज जित हात पारेको छ ।

मिलानका लागि अर्काे एक गोल जेन्स पिटर हगले गर्दा नेपोलीका लागि ड्रिएस मेर्टिन्सले एक गोल फर्काए । नेपोलीमा आइतबार राति भएको खेलमा मिलानले खेलको २०औं मिनेटमा ज्लाटनको गोलबाट अग्रता लिएको थियो । उनले थियो हर्नान्डेजको पासमा गोल गरेका थिए ।

५४औं मिनेटमा एन्टी रेविचको पासमा ज्लाटनले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २–० ले अघि बढाए । सिरी ‘ए’ मा ज्लाटनको यो ६ खेलमा १०औं गोल हो । समग्रमा उनले मिलानका लागि यो सिजन १० खेलमा ११ गोल गरेका छन् । ६३औं मिनेटमा मेर्टिन्सले गोल गर्दै नेपोलीलाई खेलमा फर्कने संकेत दिए ।

६५औं मिनेटमा नेपोली १० खेलाडीमा समेटिएपछि खेलमा फर्कने आशा सकिएको थियो । थियो हर्नान्डेजमाथि फल गरेपछि दोहोरो पहेलो कार्ड खादै टिमोउ बाकायोको मैदानबाट बाहिरिएका थिए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा नेज्स पिटर हगले गोल गर्दै मिलानलाई ३–१ को सहज जित दिलाए ।

जितसँगै अपराजित रहेको मिलानले ८ खेलबाट २० अंक जोडेर शीर्षस्थानमा दुई अंकको अग्रता लिन सफल भएको छ । पराजित नेपोली १४ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।hamrokhelkud/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button