कला

चार भाषामा रिलिज हुँँदै ‘लप्पन छप्पन २’

फिल्मीखबर, काठमाडौं, 2021/01/11

फिल्म ‘लप्पन छप्पन २’ नेपालीसहित चार भाषामा रिलिज हुने भएको छ । आउँदो फागुन २७ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म नेपाली, हिन्दी, तमिल र भोजपुरी भाषामा रिलिज हुन लागेको हो । आइतवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै यसबारेमा जानकारी दिएको हो । फिल्मको मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने निर्देशक मुकुन्द भट्टले बताए ।

उनले भने- ‘म केही दिनमा फिल्मको डबिङका लागि मुम्बई जाँदैछु । म पहिला त्यहाँ बसेर आएका कारण राम्रो चिनजान छ । नेपालमा फिल्म प्रदर्शन भएपछि भारतको ओटीटीमा रिलिज गर्ने तयारी छौं । यसका लागि केही कम्पनीसँग कुराकानी भइरहेको छ र उनीहरु सकारात्मक देखिएका छन् ।’ नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन आफूले प्रयास गरेको उनी बताउँछन् ।

एक्सन जनरामा निर्माण भएको फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय रहेको छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यो फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तले अभिनयमा डेब्यू गर्दैछन् ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्मको पटकथा र संवाद मुकुन्द भट्ट र सुनिल नेउरेले लेखेका हुन् भने पटकथामा अमित शर्माले पनि सघाएका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको फिल्ममा दीलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसी र मुकुन्द भट्टले द्वन्द्व र मिलन श्रेष्ठले सम्पादन छ । यो फिल्मको पहिलो श्रृंखला २०१४ मा प्रदर्शन भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button