
१५ माघ २०७७
चातरी पोष्ट अनलाइन
काँकरभिट्टा । आज नेपालको पूर्वी नाका काँकरभिट्टामा विभिन्न पेशा र व्यवसायमा सम्बद्ध नागरिकहरुले गत पुष ५ गतेको संसद विघटनलाई प्रतिगमनको संज्ञा दिदै त्यसलाई तत्काल सच्याउन आव्हान गरेकाछन् । झापाको काँकरभिट्टामा आयोजित नागरिक आन्दोलन शिर्षक दिइएको सो कार्यक्रमका क्रममा उनीहरुले विभिन्न नारा सहित काँकरभिट्टा बजार परिक्रमा समेत गरेका थिए । बजार परिक्रमा पछि आयोजित कोण सभालाई विध्यार्थी संस्कृति रिजाल र प्राध्यापक सागर शिवाकोटीले सम्बोधन गरेका थिए । स्थानिय विभिन्न पेशा र व्यवसायमा आबद्ध भएका नागरिकहरुको संयुक्त आयोजना सो कार्यक्रम भएको थियो ।




