
माघ १७, २०७७
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पछि पार्दै लियोन फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बोर्डेअक्सलाई २–१ ले पराजित गर्दै लियोन शीर्षस्थानमा उक्लिएको हो । लियोनको जितमा कार्ला टोको इकाम्वी र लियो डुवोइसले गोल गर्दाे बोर्डेअक्सका स्यामुइल कालुले एक गोल फर्काए ।
लियोनले आफ्नो मैदानमा खेलको ३२औं मिनेटमा कार्ल टोको इकाम्वीको गोलबाट अग्रता लिएको थियो । ५५औं मिनेटमा स्यामुइल कालुले रेमी ओयुडिनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा म्याक्सवेल कर्नेटको पासमा लयो डुवोइसले गोल गर्दै टोलीलाई २–१ को जित दिलाउदै महत्वपुर्ण ३ अंक दिलाए ।
यो जितसँगै लियोनको २२ खेलबाट ४६ अंक पुगेको छ । एक खेल कम खेलेको पीएसजीको ४५ अंक छ । लियोनसँग पराजित भएको बोर्डेअक्स ३२ अंक जोडेर सातौ स्थानमा रहेको छ ।hamrokhelkud/from



