
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूह नै मूल पार्टी भएको दाबी गरेका छन् । नारायणहिटी दरबार संग्रहालय अगाडि उपस्थितिहरूलाई देखाउँदै उनले यस्तो दाबी गरेका हुन् ।
शुक्रबारको सभामा सम्बोधन गर्दै आफ्नो पक्ष नै मूलपार्टी बन्ने निश्चित भएको जिकिर गरेका हुन् ।
अरुले सभा जहाँ राखेपनि ठूलो हुन्छ। हामीले जहाँ रोजेपनि हामीलाई कम हुन्छ,’ उनले भने ।
मूल पार्टी कुन हो भनेर अझैपनि सोधिएको प्रति उनको आपत्ति थियो। ‘मूल पार्टी यही हो। देशकै मूल पार्टी हो। देश बनाउने पार्टी हो।’
उनले आफ्नो पक्षले मात्र देशको स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्नुक साथै भौगोलिक अखण्डता अक्षुण्ण राख्ने दाबीसमेत गरे ।



