
माघ २९, २०७७
एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी नेपोलीलाई पराजित गर्दै एटलान्टा कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नेपोलीलाई ३–१ ले हराउदै एटलान्टा उपाधिनजिक पुगेको हो । यि दुई टोलीले पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो लेगमा एटलान्टा विजयी हुन सफल भयो ।
घरेलु मैदानमा एटलान्टाको जितमा माटियो पेसिनाले दुई तथा डुभान जापटाले एक गोल गरे । हिर्भिङ लोजानाको गोल सान्त्वना बन्यो ।जिविस स्टेडियम बर्गामोमा भएको खेलमा घरेलु टोलीले खेलको १०औं मिनेटमा डुभान जापटाको गोलबाट अग्रता लिएको थियो ।
उनले मार्टिन डि रुनको पासमा गोल गरेका थिए । १६औं मिनेटमा माटियो पेसिनाले जापटाको पासमा गोल गर्दै एटलान्टाको अग्रता दोब्बर पार। ५३औं मिनेटमा हिर्भिङ लोजानोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
तर ७८औं मिनेटमा माटियो पेसिनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै एटलान्टालाई ३–१ ले अघि बढाउन नेपोलीको खेलमा फर्कने सम्भावन सकिएको थियो ।
अब एटलान्टाले उपाधिका लागि युभेन्टसको सामना गर्नेछ । फाइनल खेल १९ मे मा हुनेछ । युभेन्टसले इन्टर मिलानलाई समग्रमा २–१ पराजित गर्दै फाइनलमा स्थन बनाएका थिए ।hamrokhelkud/from



