मूल खबर

हामीले नबोले कसले बोल्छ ?

काठमाडौं, फागुन १, २०७७
‘बलात्कारी खुलेआम बलात्कृत गुमनाम, बलात्कारको घटना दिनदिनै बढ्दैछ तर गृहमन्त्री भन्छ नेपालमा कम छ । ए हजुर एउटा प्रश्न गर्न पाइन्छ हामीलाई सास फेर्न कसको अनुमति चाहिन्छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर कलेजका छात्राले महिला हिंसा र विभेदविरुद्धको आन्दोलनअन्तर्गत शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका लागि उनीहरू वसन्तपुरमा कालो पहिरनमा भेला भएका थिए । सबैका हातमा महिला हिंसा र विभेदविरुद्ध लेखिएका प्लेकार्ड थिए । उनीहरूको आँखामा कालोपट्टी र मुखमा कालो मास्क थियो । अनुहार पनि मलिन थियो । प्रदर्शनमा सहभागी पूजा साहले नेपालमा बलात्कारका घटना बढिरहे पनि सरकारले बलात्कारीलाई कारबाही गर्न नसकेको भन्दै दुःख व्यक्त गरिन् । उनी सिए अध्ययन गर्छिन् । तर उनलाई कतै आफू पनि हिंसामा परिने हो कि भन्ने डर छ ।

देशमा महिलामाथि हुने शोषण, हिंसा, बलात्कारका घटना बढेका छन् । शासकहरूको बोली, शब्द र संकेतसमेत बलात्कारलगायतका हिंसाको कारक रहेको तर्क उनले गरिन् ।नागरिक दैनिकमा रूबी रौनियारले लेखेकी छन् ।

तर बलात्कारीलाई कारबाही गर्नुको साटो गृहमन्त्रीले नेपालमा बलात्कारका घटना कम छन् भन्दा हामीलाई पीडा हुन्छ,’ हातमा ‘बलात्कारको घटना दिनदिनै बढ्दैछ तर गृहमन्त्री भन्छ नेपालमा कम छ’ भन्ने लेखिएको प्लेकार्ड बोकेकी उनले भनिन्, ‘कहिलेसम्म हामी शोषणमा बस्ने ? हामीलाई सास फेर्न पनि मुस्किल छ । देशमा हालसम्म ११ हजार रेप केस भएकोमा आजीवन कारावासको सजाय ७ जनालाई मात्र भएको छ । दण्ड र अपराधका घटनाको अनुपात आकाश जमिनको फरक छ ।’

भक्तपुरकी प्रार्थना थापा काठमाडौं स्कुल अफ लकी चौथो वर्षकी छात्रा हुन् । उनलाई सरकारले ४० वर्षमुनिका महिलालाई भिजिट भिसामा विदेश जाँदा घरपरिवार, वडा तथा स्थानीय सरकारको सिफारिस लिनुपर्ने व्यवस्था गर्न लागेको विषयले पोलेको छ । उनी महिलामाथि अंकुश लगाउने पड्यन्त्रका रुपमा यस्तो व्यवस्था गर्न लागिएको बताउँछिन् । यसैकारण आफू सांकेतिक प्रदर्शनमा सहभागी भएको उनले बताइन् । कालो रङको पहिरन लगाएकी उनको हातमा ‘बलात्कारी खुलेआम बलात्कृत गुमनाम’ लेखिएको प्लेकार्ड थियो । ‘महिलाले कति दबिएर बस्नुपर्ने अझै, कति अन्याय अझै हामीले सहनुपर्ने,’ २३ वर्षकी प्रार्थनाले प्रश्न गरिन्, ‘हामीले नबोले अब कसले बोल्छ । हामी महिलामाथि हुनै सबै किसिमका हिंसा र विभेदविरुद्धको आन्दोलनमा सहभागी हुन आएका हौं । सरकारले महिला हिंसा र लैंगिक विभेद रोक्न कडा कानुन बनाउनुपर्छ, दोषीलाई कारबाही गर्नुपर्छ । राज्यले नै महिला र पुरुषबीच असमान कानुन ल्याउने प्रस्तावको विरोधमा हामी एकजुट भएका हौ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button