खबर

एक दर्जन बढी सचिवको सरुवा

फागुन १, २०७७
काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै एक दर्जन बढी सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत एक दर्जन बढी सचिवको सरुवा गरेको हो । तर, केही निकायमा पुन ‘म्यानेज’ गर्नुपर्ने भन्दै सरुवालाई अन्तिम रूप भने दिइएको छैन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीको निर्वाचन आयोगमा सरुवा भएको छ । अख्तियारमा भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायलाई लगिएको छ ।श्रम मन्त्रालयको सचिवमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सूर्यप्रसाद गौतमलाई पठाइएको छ ।

यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग सचिवमा प्रदेश१ का प्रमुख सचिव दिनेश भट्टराईलाई लगिएको छ । यस्तै, वाणिज्य सचिवमा लोकसेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेललाई पठाइएको छभने लोकसेवा आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई लगिएको छ ।

यस्तै, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमासरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । यसैगरी राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याललाई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।

शिक्षा सचिव गोपीनाथ मैनाली, निर्वाचन आयोगकी देवकुमारी गुरागाई तथा भूमिसुधार मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई भने सार्वजनिक खरिद अनुगमन, वित्त आयोग एवं युवा तथा खेलकुद मन्त्रालयमध्येमा सरुवा व्यवस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सरुवा भएका मध्ये एकदुई जनालाई मात्रै मिलान गर्नुपर्ने देखिएको भएपनि धेरैको सरुवालाई अन्तिम रूप दिइसकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button