
फागुन २, २०७७
एजेन्सी – निसमाथि २–१ को संघर्षपुर्ण जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ ।
शीर्ष होडमा रहेको लियोन मोन्टपेलिएरसँग २–१ ले पराजित भएको दिन पीएसजीले सफलता हात पार्दै शीर्षस्थानमा फर्कन सफल भएको हो ।
लिलसँग समान ५४ अंक रहेपनि गोल अन्तरमा पीएसजी शीर्षस्थानमा रहेको छ । लिलले एक खेल कम खेलेको छ । लियोनको ५२ अंक छ । पराजित निस २९ अंक जोडेर १४औं स्थानमा रहेको छ ।
पार्क डेस प्रिन्सेस पेरिसमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा जुलयन ड्राक्सलर र मोइस किनले गोल गरे । निसका रोनी लोपेसले एक गोल फर्काए ।
खेलको २२औं मिनेटमा जुलियन ड्राक्सलरको गोलबाट पीएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ५०औं मिनेटमा रोनी लोपेसले बराबरी गोल फर्काए । ७६औं मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई २–१ को जितसहित महत्वपुर्ण ३ अंक दिलाए ।hamrokhelkud/from



