खबर

दुई वर्षभित्र अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह

काठमाडौं,फागुन ३, २०७७
सरकारले भौतिक पूर्वाधारका साथै मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राख्दै आउँदो दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १७ गते राजधानीमा आयाजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गर्ने उद्घोष गरेका थिए ।

भू–उपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास गरिएको छ । विदेशी भू–उपग्रहको प्रयोग मुलुकको राष्ट्रिय सुरक्षाका लागि समेत संवेदनशील हुने भएकाले सरकारले आफ्नै भू–उपग्रह स्थापना गर्न लागेको हो ।

भू–उपग्रह स्थापनाका लागि सरकारले भू–उपग्रह नीति, २०७७ समेत ल्याइसकेको छ ।  गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button