खेलकुद

टोटेनहमको सानदार जित

फागुन ७, २०७७
एजेन्सी – युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगको खेलमा इंग्लिस क्लब टोटेनहम हट्स्परले अष्ट्रियन क्लब वल्फ्सवर्गर एसीमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा टोटेनहमको सानदार जितमा ह्युङ मिन सन, ग्यारेथ बेल, लुकास मोउरा र कार्लाेस भिनिसियसले गोल गर्दा घरेलु टोलीका माइकल लिइन्डिलले एक गोल फर्काए ।

टोटेनहमले वल्फ्सवर्गर एसीविरुद्ध पहिलो हाफमा ३४ मिनेटभित्र नै ३–० को अग्रता लिएको थियो । १३औं मिनेटमा ह्युङ मिन सनले ग्यारेथ बेलको पासमा गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए ।

२८औं मिनेटमा माट दोहर्थीको पासमा बेलले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।
३४औं मिनेटमा लुकास मोउराले गोल गर्दै टोटेनहमलाई पहिलो हाफमा नै ३–० को आरामदायी अग्रता दिलाए ।

५५औं मिनेटमा माइकल लिइन्डिलले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ८८औं मिनेटमा कार्लाेस भिनिसियसले इरिक लमेलाको पासमा गोल गर्दै टोटेनहमलाई ४–१ को सानदार जित दिलाए ।

यो महत्वपुर्ण खवे जितसँगै टोटेनहमले प्रि–क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग २४ फेब्रुअरीमा हुनेछ । वल्फ्सवर्गर एसीलाई अघिल्लो चरणको यात्रा तय गर्न टोटेनहमविरुद्ध ४–० को जित आवश्यक छ ।

अन्य नतिजा
डाइनामो किएभविरुद्ध क्लब ब्रग (१–१), ब्रागाविरुद्ध रोमा (०–२), क्रास्नोडरविरुद्ध डिनामो जाग्रिव (२–३), एफके क्रेभेना जेभेज्दाविरुद्ध मिलान (२–२), ओलम्पियाकोसविरुद्ध पीएसभी इन्डोभेन (४–२), रियल सोसिडाडविरुद्ध म्यानचेस्टर युनाइटेड (०–४)

स्लाभिया प्रागविरुद्ध लेस्टर सिटी (०–०), योङ ब्वाइजविरुद्ध बायर लिभरकुसन (४–३), बेन्फिाकाविरुद्ध आर्सनल (१–१), ग्रानडाविरुद्ध नेपोली (२–०), लिलविरुद्ध आयाक्स (१–२), मकावी तेल अभिभविरुद्ध साख्तर डोनेक्स (०–२), मोल्देविरुद्ध होफेनहाइन (३–३), रोयल एन्टवेर्पविरुद्ध रेन्जर्स (३–४) र साल्जवर्गविरुद्ध भिल्लारियल (०–२)hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button