खबर

संयुक्त महिला संघर्ष समितिको अयोजनामा महिला हिंसाका विरुद्ध राजधानीमा महिला संगठनहरूको प्रदर्शन र विरोधसभा

२०७७ फाल्गुन ८

काठमान्डौ
अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ(क्रान्तिकारी), अखिल नेपाल महिला संघ क्रान्तिकारी, वैज्ञानिक समाजवादी महिला संगठन नेपाल, अखिल नेपाल महिला युनियन र नेपाल महिला फेडरेशनको संयुक्त महिला संघर्ष समितिको आयोजनामा आज काठमान्डौको शान्तिबाटिका रत्नपार्कबाट सुरु भएको विरोध जुलुर्स भोटाहिटी, असन, इन्द्रचोक हुंदै हनुमान ढोका अगाडिको डवलीमा पुगी आमसभामा परिणत भएको थियो ।
अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुनव्दारा सञ्चालन गरिएको उक्त विरोध सभालाई अखिल नेपाल महिला युनियनकी सिता सुवेदी, नेपाल महिला फेडरेशनकी आशा महर्जन, वैज्ञानिक समाजवादी महिला संगठन नेपालकी धनकुमारी सुनुवार र अखिल नेपाल महिला संघ(क्रान्तिकारी) की अध्यक्ष अम्विका मुडभरीव्दारो सम्वोधन गरिएको थियो ।
सभालाई सम्बोधन गर्दै महिला नेतृहरूले देशमा शृङ्खलाबद्ध रूपमा भइरहेका महिलामाथिको हिंसा, बलात्कार र हत्याका विरुद्धमा सङ्घर्षमा जुट्न अपिल गरे । सरकार महिला हिंसाका घटनाप्रति संवेदनशील बन्न नसकेको भन्दै उनीहरूले बलात्कारी र हत्यारामाथि कडा कारबाही गर्न माग गरे ।
विरोधसभामा कवयित्री तथा लेखिका सरिता तिवारी र इन्दिरा अधिकारीले महिला हिंसाका विरुद्धमा सशक्त कविता वाचन गरेका थिए ।
भागरथी भट्टलगायत देशभरि भएका महिला हिंसा, बलात्कार र हत्याका विरुद्धमा आयोजित सो विरोध जुलुसमा सहभागीहरूले “हत्यारा बलात्कारीलाई कारबाही गर”, “महिला हिंसा बन्द गर”, “बलात्कारीलाई सार्वजनिक गर”, “फासिवादी सरकार मुर्दावाद”, “भ्रष्टाचारीलाइ कारबाही गर”, “वैदेशिक हस्तक्षेप बन्द गर”, “हिंसा होइन, सुरक्षा दे”, “दमन होइन, अधिकार दे” र “संयुक्त महिला आन्दोलन जिन्दावाद” लगायतका नारा लगाएका थिए ।
नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), बिप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आह”ती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपाल र नेकपा (संयुक्त) सँग आबद्ध महिला सङ्गठन मिलेर बनेको संयुक्त महिला सङ्घ सङ्घर्ष समितिको आयोजनामा सो विरोध प्रदर्शन र सभा सम्पन्न गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button