खबर

जिल्ला जनगणतान्त्रीक सम्पर्क मञ्च विस्तार अभियान तीव्रःएकैपटक ६ जिल्लाको सम्पर्क बिस्तार

२०७७ फाल्गुन ९

काठमान्डौ ।
जिल्ला जनगणतान्त्रीक सम्पर्क मञ्चले सम्पर्क बिस्तार अभियान तीव्र बनाएको छ । कुपन्डोलमा सम्पन्न सम्पर्क विस्तार कार्यक्रमले ३ नं प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे र ७ नं प्रदेशको बझाङ समेतको जिल्ला–उपत्यका सम्पर्क मञ्च बिस्तार गरेको छ ।

मञ्चका केन्द्रीय संयोजक विष्णु खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी) पार्टी पिबिएम एवं ३ नं प्रदेश ईन्चार्ज क. सागर, पिबिएम क. प्रभाकिरण, सिसिएम क. वसन्त, क. गगन, क. सानु, पार्टी दोलखा सेक्रेटरी क. गोविन्द, रामेछाप सेक्रेटरी क. लाङघालि, काभ्रे सेक्रेटरी क. टंकराम, शहिद परिवार सदस्य खेजराज न्यौपाने, राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष जितेन्द्र दाहालको क्रमशः प्रमुख आतिथ्य एवं आतिथ्य रहेको थियो । कार्यक्रममा क. सागर, क. प्रभाकिरणले प्रशिक्षण मन्तव्य राख्नु भएको थियो । विस्तार गरिएका ६ जिल्ला उपत्यका सम्पर्क मञ्चका संयोजक हरुले प्रतिबद्धता मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन मञ्चका सचिव धर्मराज बिसिले गरेका थिए भने मञ्चका केन्द्रीय सदस्य गणेश घिमिरेले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा मञ्चका केन्द्रीय नेताहरु अर्जुन बोगटी र चन्देश्वर पण्डितको समेत उपस्थिति रहेको थियो .moolbato.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button