खबर

जो साहुलाई ऋण तिर्ने नसकेर देशै छोड्न बाध्य भए

काठमाडौं, चैत २८, २०७७
जाजरकोटको भेरी नगरपालिका–११, कट्टी गाउँमा एक दर्जनभन्दा बढी दलित परिवार साहुसँग लिएको ऋण तिर्न नसकेर साहुलाई घरबारी बुझाई सपरिवार भारतमा विस्थापित भएका छन् ।
आफ्नो खेतबारीमा उत्पादन भएको खाद्यान्नले वर्षको तीन महिना पनि खान नपुग्ने सो गाउँका कैयौँ दलित समुदायले दैनिक गुजारा चलाउन साहुबाट ऋण लिनेगरेको र सो रकम तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो ।
कट्टी गाउँका १२५ घरधुरीमध्ये साहुबाट लिएको ऋण तिर्न नसक्दा सो गाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत अन्य स्थानीयवासी भारतमा विस्थापित भएको बताइएको छ । आफ्नो नाममा भएको जग्गालाई साहुकै नाममा नामसारी गरेर उनीहरू परिवारसहित भारततर्फ गएका छन् ।
उनीहरूसँगै गाउँको जनज्योति आधारभूत विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत बालबालिकासमेत विद्यालयको पढाइ छोडेर अभिभावकसँगै भारत जानुपरेको दलित अधिकारकर्मी पार्वती विकले बताइन् । गोरखापत्रमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button