
चैत ३०, २०७७
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटेनहममाथि पूनरागमन जित निकालेको छ । युनाइटेडले एक गोलले पछि परेको अवस्थामा पूनरागमन गर्दै घरेलु टोलीलाई ३–१ ले पराजित गरेको हो ।
टोटेनहम हटस्पर स्टेडियममा म्यानचेस्टरको जितमा फ्रेड, इडिन्सन काभानी र मासन ग्रीनवुडले गोल गर्दा घरेलु टोलीका ह्युङ मिन सनको गोल सान्त्वना बन्यो । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको ३३औं मिनेटमा इडिन्सन काभानीको गोलले भिएआरबाट मान्यता नपाउँदा युनाइटेड अग्रता लिनबाट चुक्यो ।
उनले गोल गर्नुअघिको मुभमा स्कट म्याटोमिनेले ह्युङ मिन सनमाथि फल गर्न पुगेको भिएआरमा देखिएको थियो । ४०औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले लुकास मोउराको पासमा गोल गरेका थिए ।
एक गोलले पछि परेको युनाइटेड ५७औं मिनेटमा फ्रेडको गोलबाट खेलमा फर्कियो । ७९औं मिनेटमा इडिन्सन काभानीले मासन ग्रीनवुडको पासमा गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा पल पोग्वाको पासमा मासन ग्रीनवुडले गोल गदै युनाइटेडलाई ३–१ को पूनरागमन जित दिलाए ।
यो जितपछि युनाइटेडको शीर्ष चारको सम्भावना बलियो बन्दा पराजि टोटेनहमको शीर्ष चारको सम्भावना न्युन बन्दै गएको छ ।यो जितसँगै युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ११ मा छोट्याउँदा तेस्रो स्थानको लेस्टर सिटीलाई ७ अंकले पछि पारेको छ ।
युनाइटेडको ३१ खेलबाट ६३ अंक पुगेको छ । शीर्षस्थानको सिटीको ७४ तथा तेस्रो स्थानो लेस्टर सिटीको ५६ अंक छ । पराजित टोटेनहम ४९ अंक जोडेर सातौ स्थानमा रहेको छ ।hamrokhelkud/from



