मूल खबरस्वास्थ्य

झापाको मेचीनगरमा आज १० जना संक्रमित

१६ बैशाख २०७८
मेचीनगर ।
झापाको मेचीनगरमा आज एकै दिन १० जना कोरोना संक्रमित थपिएका छन । आज(बिहिबार) थपिएका संक्रमितहरुमा मेचीनगर नगरपालिकाका वडा नं। १, २, ६, ७, ९ र १० का रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आज थपिएका सहित मेचीनगरमा संक्रिय संक्रमितको संख्या १६ पुगेको मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ ।

मेचीनगरका १० सहित आज झापामा ५० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । जसमा सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा १८ जना, दमकमा ६, भद्रपुरमा ५, गौरीगञ्जमा ४, कनकाइमा २, अर्जुनधारामा २, हल्दिबारी, शिवसताक्षी र बाह्रदशीमा १र१ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाको छ ।

झापामा आज सहित सक्रिय संक्रमितको संख्या २८५ पुगेको छ । झापामा आज एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु हुनेमा अर्जुनधारा ६ का ३५ बर्षिय पूरुष रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button