मूल खबर

आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टीको आगामी १४औँ महाधिवेशन तथा समसामयिक विषयमा छलफल गर्न बैठक आज दिउँसो २ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको हो।

बैठकमा पार्टीको महाधिवेशनका लागि भइरहेको तयारी तथा पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलगायतका विषयमा छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

आजको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरुलाई बोलाइएको छ। पदाधिकारी बैठक हिजोका लागि तय गरिएको भए पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित गरिएको थियो।

हिजो प्रवक्ता विश्व प्रकाश शर्मा लगायतका केही नेतामा कोरोना पुष्टि भएको थियो। कोरोना महामारीका कारण यसअघि बोलाइएको कांग्रेसको केन्द्रीय कार्य समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button