मूल खबर

राजधानीमा निषेधाज्ञा बैशाख २९ सम्म लम्बियो

२१ बैशाख २०७८
न्युजअफ नेपाल
काठमाडौं । आवागमनमा थप कडाई गर्दै काठमाडौं उपत्यकामा आगामी बैशाख २९ गते सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाहरुको मंगलबार बसेको बैठकले सो निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो ।
संक्रमणको जोखिम बढ्दै गएकोले पास वितरणमा थप कडाई गर्ने बैंक तथा वित्तीय संस्थाहरु जिल्लाको शाखाहरु २५ प्रतिशत मात्र खुल्ने र त्यसको केन्द्रीय कार्यालय २० प्रतिशत कर्मचारीहरु राखेर चलाउने लगायत निर्णय गरिएको पनि प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।
बैशाख १६ गतेदेखि लागू निषेधाज्ञाको अवधि भोलि बुधबार सकिंदैछ । यस बीच कोरोना संक्रमितहरुको संख्या झन् बढ्दै गएकोलाई मध्यनजर निषेधाज्ञाको अवधि थप एक साता लम्ब्याउने निर्णय गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button