मूल खबर

कोरोना संक्रमणका कारण झापामा आज ६ को मृत्यु, १७८ जनासंक्रमित

२२ बैशाख २०७८

चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा ।
कोराना संक्रमणका कारण झापामा आज एकै दिनमा ६ जनाको मृत्यु भएको छ । योसंख्या संगै कोरानाको दोस्रो लहर शुरु भए पछि झापामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आज मृत्यु हुनेमा मेचीनगर ६ की ५८ बर्षिया महिला, भद्रपुर ३ का ७० बर्षिय पुरुष, दमक १ का ५६ बर्षिय पुरुष, दमक २ ६९ बर्षिय पुरुष, बिर्तामोड ५ का ७३ बर्षिय महिला, कनकाई २ का ४८ बर्षिय पुरुषको रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै आज झापामा १७८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । योसंगै झापामा कोरोनाका संक्रिय संक्रमित ८९८ पुगेका छन । आज संक्रमित हुनेमा सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा ४१ जना, भद्रपुरमा ३४ जना, दमकमा ३२ जना रहेका छन् ।

त्यसैगरी कनकाइमा १४ जना, मेचीनगरमा १० जना, अर्जुनधारा र कमलमा ९,९ जना, गौरादहमा ६ जना, झापा गाउँपालिकामा ५ जना, शिवसताक्षी, बुद्धशान्ति र कचनकवलमा ३,३ जना, हल्दिबारीमा २ जना र ठेगाना नखुलेका ७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोभिड फोकलपर्सन जीवन चम्लागाइले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button