चौतारी पोष्ट अनलाइन
२३ बैशाख २०७८
कााँकरभिट्टा ।
झापामा आज १९० कोरोनाका नयाँ संक्रमित थपिएका छन । आज थपिनेमा सबैभन्दा धेरै दमक नगरपालिकाका ६४ जना रहेका छन् भने मेचीनगर नगरपािलका, बिर्तामोड नगरपालिका र कमल गाउँपालिकामा २२, २२ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यस्तै गौरीगञ्जमा १७ जना, कनकाईमा १२ जना, भद्रपुरमा ११ जना, शिवसताक्षी ६ जना, अर्जुनधारा ४, बुद्धशान्ति ४, झापा गाउँपालिका ३, गौरादह २ र एक जना ठेगाना नखुलेको संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
अहिले सम्म झापामा कोरोना सक्रिय संक्रमितको संख्या १०८१ पुगेको छ । प्राप्त जानकारी अनुसार पछिल्लो २४ घण्टामा झापामा दुई जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक २ का ५३ बर्षिय पुरुष र मेचीनगर ६ का ४८ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।



