मूल खबर

राष्ट्रियसभा सदस्यमा बादल र देवकोटाको मनोनयन दर्ता

२४ बैशाख २०७८
न्युज अफ नेपाल काठमाडौं ।

बागमती प्रदेशमाको राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवारी दिन गृहमन्त्री रामबहादुर थापा बादल हेलिकप्टर लिएर हेटौंडा गएका छन्। उम्मेदवारी दर्ताको समय दिउँसो ४ बजेसम्म छ।

नेकपा एमालेले बादललाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको थियो। त्यसपछि बादल उम्मेदवारी दर्ता गर्न हेलिकप्टरमा हेटौंडा गएका छन्।शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको हो। यसअघि जित सुनिश्चित नभएसम्म चुनाव नलड्ने अडान थापाले लिएका थिए। राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि उनी हेटौंडा प्रस्थान गरिसकेका छन्।

वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button