चौतारी पोष्ट अनलाइन
२६बैशाख २०७८
दमक ।
आज मात्रै झापामा कोरोना संक्रमितको संख्या १५२ पुगेको छ । १२० जाको पिसिआर र ३२ जना एन्टिजेन विधिबाट १५२ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज थपिएका संक्रमितमा सबैभन्दा धेरै दमक नगरपालिकामा ५५, मेचीनगर २२, बाह्रदशी १६, अर्जुनधारा १६, बिर्तामोड १२, भद्रपुर ११, कमल ६, बुद्धशान्ति, गौरादह, शिवसताक्षीमा ३ ३ जना, कनकाइ र कचनकलमा १ १ जना छन भने अन्यको ठेगाना नखुलेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
चौतारी पोष्ट अनलाइनलाई प्राप्त पछिल्लो जानकारी अनुसार आजका सहित झापामा सक्रिय संक्रमितको संख्या १४८६ जना पुगेको छ । आज झापामा कोरानाका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु हुनेमा शिवसताक्षी ९ का ७७ बर्षिय पुरुष र बिर्तामोड ८ का ६५ बर्षिय पुरुष रहेका छन् ।



