मूल खबर

आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै , संक्रमित सांसदले पनि मतदान गर्न पाउने

२७ बैशाख २०७८
न्युज अफ नेपाल,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेका लागि बोलाएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गरेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने तयारी गरेका छन्। आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव लैजान लागेका हुन्। आईतबार सभामुख अग्निप्रसाद सापकोटाले राखेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमण भएका सांसदलाई पनि मतदानको व्यवस्थापन गर्न सकिने निर्णय गरेको छ।

नेता नेपाल पक्षले आज बिहान ९ बजेसम्म प्रधानमन्त्री ओलीलाई आफूहरूका माग सम्बोधन गर्न समय दिएका छन्। ओली २०७५ जेठ २ को अवस्थामा पार्टीलाई पुर्‍याएर क्रियाशील बनाउनुपर्ने पक्षमा नेपाल पक्ष छ। नेता नेपालले ६ बुँदे पत्र लेख्दै आफूहरूले उठाएका माग पूरा नभए सामूहिक राजीनामा दिने बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button