खबर

नक्सलबारी क्षेत्रमा हात्तीको झुण्डले अनारसको फसल नष्ट, किसानहरूद्वारा क्षतिपूर्तिको माग

नक्सलबारी क्षेत्रमा हात्तीको झुण्डले अनारसको फसल नष्ट, किसानहरूद्वारा क्षतिपूर्तिको माग
मे 12, 2021

नक्सलबारी: नक्सलबारी ब्लकको दयाराम कीलाराम क्षेत्रमा हात्तीहरूको झुण्डले ताण्डव मच्चाएर अनारसको खेतीलाई धेरै नोक्सान पुऱ्याएको छ। अनारस उत्पादकहरूले क्षतिपूर्तिको माग गरेका छन्। अनारसको उत्पादन गर्ने किसान मोहम्मद हासिमले यसबारे दुख प्रकट गर्दै हात्तीहरूको ताण्डवले यहाँका किसानहरू धेरै चिन्तित रहेको बताए। तिनले बताए अनुसार दु:ख गरेर 6 बीघा जमीनमा अनारसको खेती गरेका थिए। अहिले अनारस लगभग दुई किलो ग्राम भइसकेको थियो तर लगभग 50 वटा हात्तीको झुण्डले अनारसको फसल पूर्ण रूपले नष्ट पारिदिएको छ। कोरोना संक्रमणले लकडाउनको समस्या माथि अझ हात्तीहरूको ताण्डवले पुऱ्याएको नोक्सानले धेरै आर्थिक समस्या उत्पन्न भएको छ। हाल यस क्षेत्रमा हात्तीहरूको ताण्डवले मानिसहरू धेरै चिन्तित रहेकोले चाँडै यसबारे स्थायी समाधानको लागि सम्बन्धित पदाधिकारीहरूले उचित कदम उठाइदिने तिनले माग गरेका छन्। यसैगरी, अर्को किसान मो.रसीदले बताए अनुसार हात्तीहरूले धेरै मात्रामा अनारसको खेतीलाई नष्ट पारिदिएको छ। आफ्नो तीन बीघा खेतमा बन्धन ब्याङ्कबाट ऋण लिएर लगाएको अनारसको फसल हात्तीले बर्बाद गरेकोले लगभग अस्सी-नब्बे हजार रुपियाँको नोक्सान भएपछि ठूलो समस्या परेको तिनले बताए। तिनले किसानहरूको क्षतिपूर्ति गरिदिनु पर्ने माग गरेका छन्।
वामफ्रन्ट नेता रामभजन महतो र कमल अग्रवाल तृणमूलमा सामेल


मे 12, 2021

सिलगढी : पूर्व डेपुटी मेयर तथा वामफ्रन्ट नेता रामभजन महतो र कमल अग्रवाल आफ्नो पार्टी छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। आज तृणमूल जिल्ला कार्यालयमा एउटा कार्यक्रमबीच गौतम देवको उपस्थितिमा तिनीहरूले तृणमूलको झण्डा समाए। यस सम्बन्धमा रामभजन महतोले बताएअनुसार तृणमूल नेत्री ममता ब्यानर्जीको विकासमूलक कार्यले अनुप्रेरित भएर आफू वामफ्रन्ट छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएको हो। अर्कोतिर, कमल अग्रवालले साधारण मानिसहरूको हितमा कार्य गर्ने इच्छा रहेको साथै सिलगढी सहरमा विविध विकासमूलक कार्य गर्ने आफ्नो परिकल्पना रहेकोले गर्दा नै तृणमूल कङ्ग्रेसमा सामेल भएको तिनले बताए। तिनले अझ भने, स्थानीय मानिसहरूले यहाँको चौतर्फी विकास चाहेकोले विपक्षीमा बसेर सो कार्य गर्न सम्भव नरहेपछि आफू सत्तारूढ तृणमूल कङ्ग्रेसमा सामेल भएको हुँ। यसको साथै तृणमूल नेत्री ममता ब्यानर्जीको विकासमूलक कार्यहरूले गर्दा आफूलाई तृणमूल पार्टीप्रति आकर्षित पारेको तिनले बताए।
बिमलपन्थीको समीक्षात्मक सभामा कोरोना साथै भावी रणनीतिलाई लिएर आलोचना


मे 12, 2021

दार्जिलिङ: गोर्खा जनमुक्ति युवा मोर्चा बिमल खेमाको समीक्षात्मक सभा केन्द्रिय कार्यालयमा सम्पन्न भयो। वर्तमान कोरोना महामारीको समय सरकारी निर्देशलाई पालन गर्दै बसेको उक्त सभामा पाटीको भावी रणनीति तथा वर्तमान राजनीति आवस्थासँगै कोरोनाको संक्रमणलाई रोक्नेबारेमा पनि गम्भीरतापूर्वक चर्चा गरियो। पहाडमा चुनाउको परिणामपछि देखापरेको परिस्थिति बारेमा पनि चर्चा गरिएको युवा मोर्चाका अध्यक्ष प्रकाश गुरुङले पत्रकारहरूलाई बताए। तिनले भने, पार्टी अध्यक्ष बिमल गुरुङले पहाडको प्रत्येक क्षेत्रहरूमा हाल कोरोनाको विकट परिस्थितिलाई हेरेर जुन सहयोग र सेवा पुर्‍याइरहेका छन् त्यसको हामी सम्पूर्ण युवा मोर्चाले समर्थन साथै सराहना गर्दछौं। विशेष जीटीए विनय पन्थीका युवा नेता अमृत योञ्जनले जस्तो प्रकारको पहाडमा आगो लाग्ने चेताउनीपूर्ण प्रेस विज्ञप्ति जारी गरे त्यो तिनको मात्रै नभएर सम्पूर्ण विनय-अनित पन्थी सबैको मानसिकता र सोंच हो भनी बताए। अब पहाडले स्पष्टसँग बुझ्नुपर्छ कि पहाडमा अशान्ति गर्ने र गर्न चाहने को रहेछ भन्दै प्रशासन पक्षले पनि गम्भीरतापूर्वक यस्ता कुसोंच राख्नेहरूमाथि नजरदारी राखिदिने तिनले अपील गरेका छन्। तिनले अझ भने, हामी सय डेढ सयवटा मुद्दाहरू लागेर तीन वर्षभन्दा अधिक समयसम्म कठिन विस्थापित जीवन बिताउँदै गर्दा तिनीहरू पहाडमा मोज गरिरहेका थिए। अब मोजमस्तीको अन्त हुन्छ कि भन्ने डरले नै यस्तो निच र अविश्वसनीय बयान अमृत योञ्जनले जारी गरेको हो भनी प्रकाश गुरूङ गम्भीर आरोप लगाए।
सिलगढीमा हृदयाघातले मृत्यु भएको व्यक्तिको अन्तिम संस्कार गर्न परिवार पक्षद्वारा अस्वीकार


मे 12, 2021

सिलगढी : वर्तमान समयमा कोरोनाले मानवताको पनि परीक्षा लिइरहेको छ। हृदयाघातले निधन हुँदा समेत आफन्तहरू कोरोनाको डरले गर्दा शवलाई दाह संस्कार गर्न अघि नआएपछि घरअघि नै रातभरि शव राख्न परेको घटना प्रकाशमा आएको छ। यस प्रकारको हृदय विदारक घटनाले आफ्नै परिवारका सदस्यहरूको कोरोनाबारे मानसिकतालाई दर्शाएको प्रष्ट बुझिन्छ। घटनाक्रमअनुसार सिलगढीको दक्षिण शान्तिनगरको विनयमोडको पाइपलाइन निवासी सुब्रत करको हृदयाघातले गर्दा हिजो राति उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा मृत्यु भएको थियो। यसपछि एउटा वाहनमा तिनको शव घरमा ल्याइपुर्‍याए तापनि दाह संस्कारको लागि परिवारका सदस्यहरू तथा आफन्ता कोही पनि अघि नआएको घटना प्रकाशमा आएको छ। रातभरि उक्त शव घरअघि वाहनमा राखियो भने बिहान वाहनमा शव देखेपछि इलाकामा यसलाई लिएर हो-हल्ला मच्चियो। यसपछि स्थानीय मानिसहरूले यसबारे आसिघर आउटपोस्ट पुलिस र एउटा स्वयम्‌सेवी संस्थालाई खबर दिएपछि तिनीहरूको सहयोगमा दाह संस्कार गरिएको बताइएको छ। घटनापछि परिवारका सदस्यलगायत स्थानीय मानिसहरूको भूमिकालाई लिएर उक्त स्वयम्‌सेवी संस्थाका सदस्यहरूले प्रश्न चिन्ह खडा गरेका छन्। मृतक व्यक्तिको स्वास्नी र 3 वर्षको एकजना नानी मात्र रहेको छ भने तिनका आफन्ताहरूलाई यसबारे जानकारी दिए तापनि तिनीहरू दाह संस्कारको लागि आउन नमानेको बताइएको छ।राजगञ्जको बन्धुनगरमा सडक दुर्घटनामा 3 जना घाइते


मे 12, 2021

राजगञ्ज : राजगञ्जको बन्धुनगरमा सडक दुर्घटना 3 जना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। घाइतेहरूलाई आशंकाजनक अवस्थामा उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी नर्सिङहोममा भर्ना गरिएको छ। घाइतेहरू सीतागढी इलाका निवासी शाहजहान मोहम्मद, अल्लाउद्दीन र रञ्जीत मोहम्मद सामेल छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको बन्धुनगर मोड महत्वपूर्ण इलाका हो। उक्त मोडको दुवैपट्टि हाईस्कुल र प्राथमिक विद्यालय रहे तापनि सडक पार गर्नको लागि क्रसिङको व्यवस्था नभएकोले गर्दा मानिसहरू बाध्य भएर डिभाइडर भएर यातायात गरिरहेका छन्। हिजो साँझ ती 3 जना व्यक्ति एउटा बाइकमा सवार भएर सडक पार गरिरहेको समय मालवाहक एउटा पिकअप भ्यानसित ठोक्किँदा लडेर ती 3 जना गम्भीर रूपमा घाइते भएको बताइएको छ। यसको साथै उक्त पिकअप भ्यान सडकमा पल्टियो।siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button