खबर

बुधबार झापामा ३७० परीक्षण गर्दा १८६ मा कोरोना पुष्टि

चौतारी पोष्ट अनलाइन
२९ बेशाख २०७८

काँकरभिट्टा ।झापामा (आज)बुधबार थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला समन्वय समिति झापाले संयोजन गरेको भर्चूअल संवादमा कोभिडको पछिल्लो तथ्यांकसहित आफ्नो धारणा राख्दै तिमिल्सिनाले परीक्षण गराएका मध्ये ५० प्रतिशत बढीमा रिपोर्ट पोजेटिभ आइरहेको बताए ।

बुधबारमात्र ३७० कुल पिसीआर परीक्षण मध्ये १८६ अर्थात ५०।२७ प्रतिशत मानिसमा कोरोना भेटिएको बताउँदै तिमिल्सिनाले नतिजाले दोस्रो लहर झनै खतरातर्फ उन्मुख भइरहेको धारणा राखे ।

झापामा अहिले सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ८६४ रहेको बताइएको छ । जसमध्ये ८१३ महिला र १ हजार ५१ पुरुष रहेका छन् ।

संक्रमित मध्ये १८ बर्ष मुनिका बालबालिकाको संख्या १४६ रहेको छ । त्यस्तै १८ बर्षदेखि ६० बर्ष उमेर समुहका १ हजार ५५० अर्थात ८३।१५ प्रतिशत रहेका छन् । ६० बर्षमाथिका १६८ जना रहेका छन् ।

झापामा हाल ५७५ आइसोलेसन सेन्टर, ८५ आइसियू र ७६ एचडियू बेड संख्या रहेको जनाइएको छ ।

झापामा हालसम्म ४० हजार ९५० जनाको पिसीआर परीक्षण गरिएको छ । जसमा ६ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा १६५ संक्रमितको निधन भएको छ । दोस्रो लहर चलेयता झापामा ३३ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button