
मे 13, 2021
सिलगढी: बङ्गालमा बढ्दो कोरोना संक्रमणलाई रोक्नको लागि राज्य सरकारले जारी गरेको निर्देश अनुसार आंशिक लकडाउन अन्तर्गत सबै बजार तथा हाट बिहान 7 देखि 10 बजेसम्म अनि अपरान्ह 5 देखि 7 बजेसम्म खुल्ला रहनेछ। तर निर्धारत समयपछि बजारहरू खोलिए कठोर कार्वाही गरिने प्रशासनले निर्देश दिएको छ। यसै निर्देशलाई पालन गर्दै आज सिलगढीको प्रधान नगर थाना पुलिस कर्मीहरू रेगुलेटेड मार्केटमा पुग्दा त्यहाँका व्यवसायी तथा मजदुरहरूले पुलिसलाई घेराउ गरेर प्रदर्शन गरे। यस अवधि पुलिसले धेरैजनालाई पक्राउ गरेको बताइएको छ। अर्कोतिर, व्यवसायीहरूको भनाई अनुसार, रेगुलेटेड मार्केटको लागि सरकारी निर्देशमा फेरबदल गरिनु पर्छ किनभने मण्डीमा अन्य राज्यबाट काँचो माल आउने भएकोले बिहान 7 बजेदेखि 10 बजेसम्म तिनीहरूले व्यवसाय गर्न पाएका छैनन्। यसैले गर्दा मार्केट कमिटीको तर्फबाट जिल्ला शासकलाई निर्धारित समयमा फेरबदल गरेर रेगुलेटेड मार्केट अपरान्ह 2 बजेसम्म खुल्ला राख्न दिनु पर्नेबारे चिट्ठी पठाए तापनि कुनै यसको जवाब नआएको बताइएको छ। यसैगरी, यहाँका मजदुरहरूको भनाई अनुसार, मानिसहरूले सरकारी निर्देश अनुसार नै मास्कको प्रयोग गर्नको साथै सामाजिक दूरी पालन गरेर कार्य गरिरहेको छ तर समय सीमामा केही परिवर्तन गर्न अति आवश्यक छ। किनभने मण्डीमा काँचो सब्जीहरू आउने गर्दछ अनि ती सब्जी ल्याउने वाहनका चालक तथा खलासीहरूलाई खाना खानुमा समस्या भइरहेको छ। तिनीहरूलाई कोरोनाले भन्दा पनि भोकले गर्दा असुविधा भइरहेको छ किनकी 10 बजेपछि सबै होटलहरू बन्द हुँदछ। प्राप्त जानकारी अनुसार यो समस्यालाई समाधान गर्न आज साँझ प्रधान नगर थानामा पुलिसले मण्डीको व्यवसायी कमिटी प्रबन्धनसित बैठक गर्ने भएको छ।
प्रसिद्ध लोक गायक तथा मादल वादक अर्जुन रसाईलीको निधन
मे 13, 2021

खरसाङ : तीनधारे क्षेत्रका प्रसिद्ध मादले गीतका गायक तथा खप्पीस मादल वादक अर्जुन रसाईलीको 53 वर्षको उमेरमा निधन भयो । तीनधारेको 17 माइलस्थित घरमा ब्रेन स्टोकको कारणले तिनको निधन भएको बताइएको छ। तिनी गत एक महिनादेखि बिमारी अवस्थामा थिए। मादक गीत गायक एवम् मादल वादक अर्जुन रसाईली ख्यातिप्राप्त मादक वादक सेते रसाईलीका नाती तथा प्रसिद्ध मादक वादक केबी रसाईलीको सुपुत्र थिए। अर्जुन रसाईलीले लोक गीत मादले गीत गाउन र मादक वादकको रुपमा नेपाल, सिक्किम, कोलकोता, दार्जिलिङ, कालेबुङ लगायत विभिन्न क्षेत्रहरूमा आफ्नो प्रस्तुति दिइसकेका थिए। तिनले गत वर्षको तिहारको समय ‘टिस्टा टाइम्स’-को आयोजनामा गरिएको मारुनी नृत्य र मादले गीतको कार्यक्रममा पनि सहभागिता जनाएका थिए। तिनी तीनधारे क्षेत्रको प्रसिद्ध मादले टोलीको मुख्य मादल वादक थिए भने तिनलाई मादलको राम्रो ज्ञान थियो। तिनलाई मादलको धुनसितै मारुनी नृत्य गर्दा मादल बजाएर सरस्वतीको आराधना गर्ने विषय, मारुनी नृत्यको विभिन्न समयमा मादलको धुनहरू लगायत मादलको विभिन्न तालहरू जस्तै – लहरे टप्पा, ठाढ़ो टप्पा, बिरानी, ख्याली, समला, छोकड़ा, नेवारी ख्याली, विवाहमा सिरो खड़ो कसरी गाइने त्यसको पनि राम्रो ज्ञान थियो। अर्जुन रसाईलीको निधनले तीनधारेले लोक गीत संगीत, मारुनी गीत, मादले गीत र मादल वादनमा ठुलो क्षति पुऱ्याएको छ। तिनले आफुपछि आमा, बहिनीहरू, छोरा छोरीलाई छोडी गएका छन्। तिनको निधनमा सुर गुञ्जन संगीत महाविद्यालयको प्राचार्य बरुण रसाइलीद्वारा श्रद्धाञ्जलि अर्पण गर्दै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन्।
ईद भन्दा अगावै सिलगढीको मस्जिदहरूमा सेनिटाइज

मे 13, 2021
सिलगढी : सिलगढीका नाटककार ऋषि कानुनगोको पहलमा आज ईद भन्दा अगावै सिलगढीको मस्जिदहरूमा सेनिटाइज गरियो। कवि सङ्गीता पालको आत्मा शान्तिको कामनाको लागि उक्त पहल गरिएको हो। भोलि 14 मई मुस्लिम सम्प्रदायका मानिसहरूको सबैभन्दा ठुलो पर्व ईद हो।
हाल कोरोना परिस्थितिलाई ध्यानमा राखेर मुस्लिम समुदायका मानिसहरूले स्वस्थ रूपमा नमाज पढोस् भन्ने उद्देश्य लिएर उक्त पहल गरिएको बताइएको छ। आज सिलगढीको धेरैवटा मस्जिद तथा यसको संलग्न इलाकाहरूमा सेनिटाइज गरिएको छ।
राजगञ्जका विधायकको पहलमा बेलाकोवाको विभिन्न इलाकामा सेनिटाइज

मे 13, 2021
राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले बेलाकोवाको विभिन्न इलाकाहरूमा सेनिटाइज गर्ने पहल गरे। विधायकको घर नजिक हिजो केही पीपीई किट फ्याकिएको देखेपछि इलाकाका मानिसहरू आतङ्कित बनेका थिए।
यसपछि राजगञ्ज पुलिसद्वारा उक्त फ्याकिएको पीपीई किटहरू जलाइयो। यसैले आज विधायकको पहलमा फाराबारी हेल्प सोसाइटीको सहयोगमा विधायकको घर, इलाकाको एकजना कोरोना संक्रमितको घर लगायत बेलाकोवा बजार तथा विभिन्न ब्याङ्कको शाखाहरूमा सेनिटाइज गरियो।siliguditimes/from,india



