मूल खबरस्वास्थ्य

सबै निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरी जानकारी गराउन स्वास्थ्य मन्त्रालयको अनुरोध

३० बैशाख २०७८

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सयभन्दा बढी बेड भएका सबै निजी अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरेर जानकारी गराउन अनुरोध गरेको छ।

कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन अत्यावश्यक भएको र अक्सिजनको आपूर्ति प्रक्रिया जटिल बन्दै गएको भन्दै मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

‘महामारीको समयमा अक्सिजन जस्तो अत्यावश्क बस्तुको आपूर्ति व्यवस्थामा असर पर्न नदिन कम्तिमा सय बेड भएका सम्पूर्ण निजी अस्पतालहरुले अस्पतालमा आजका मितिले पन्ध्र दिनभित्र अक्सिजन प्लान्ट जडान गरी यस मन्त्रालयमा जानकारी गराउनु हुन यस मन्त्रालयको २०७८/०१/२९ को निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी सूचनामा भनिएको छ। Ratopati News/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button