खबर

धोबीखोलासँगैको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा फिर्ता

काठमाडौं ,बैशाख ३१, २०७८

काठमाडौं अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको नाममा रहेको जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको हो ।

अनामनगर धोबीखोलानजिकको ७ रोपनी ७ आनाभन्दा बढी सरकारी जग्गा हरिप्रसाद गिरीलगायतले हडपेका थिए । जग्गा विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएको थियो । अख्तियार अनुसन्धानमा सरकारी जग्गा व्यक्तिको नाममा रहेको पाइएपछि ९ मंसिर २०६५ मा सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको थियो ।

अख्तियारले दूषित दर्ता गराएको आरोपसहित सामाजिक विकास समाजको उजुरीका आधारमा छानबिन गर्दा हरिप्रसाद गिरी, टेकबहादुर पौडेललगायत व्यक्तिका नाममा सरकारी जग्गा घुसेको ठहर गरेको हो । अख्तियारको अनुसन्धान आधारमा मालपोत कार्यालय डिल्लीबजारले सरकारी जग्गा व्यक्तिको नाममा दूषित दर्ता गराएकाको नाममा सूचना जारी गरेको थियो ।

सार्वजनिक सरकारी जग्गा ‘जो जसको नाममा जुनसुकै तरिकाबाट दर्ता वा भोगकायम भएको भए पनि त्यस्तो जग्गा जहिले पनि नेपाल सरकारको नाममा कायम हुन सक्ने’ व्यवस्था मालपोत ऐन २०३४ को दफा २४(२)ले व्यवस्था गरेको छ । अख्तियारको निर्देशनमा मालपोत कार्यालयले मालपोत ऐनको दफा २४(२) ले गरेको व्यवस्थाअनुसार सूचना जारी गरेको थियो । राजधानी दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button