कला

सलमानको ‘राधे’ लाई खराब रेटिङ

एजेन्सी, मुम्बई, 2021/05/14

कोरोनाका कारण भारतका कयौं राज्यमा लकडाउन हुँदा सिनेमा हलहरु पनि बन्द भएका छन् । जसका कारण कयौं बलिउड फिल्म रिलिज हुन पाएका छैनन् । अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ लाई पनि सिनेमा हलमा रिलिजको तयारी गरिएको थियो । तर, हल खुल्ने अनिश्चित भएपछि बिहीवारबाट फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएको छ ।

सलमान खानका डाइहार्ट फ्यानले फिल्म निकै रुचाएका छन् । तर, अन्य दर्शक र समीक्षकको नजरमा फिल्म कमजोर ठहरिएको छ । आइएमडिबीमा पनि फिल्मले खराब रेटिङ पाएको छ । आइएमडिबी रेटिङका अनुसार, ‘राधे’ सलमानको सबैभन्दा खराब फिल्ममा सामेल भएको छ । फिल्मलाई १० मा २.५ रेटिङ मिलेको छ । यसअघि सलमानको ‘रेस ३’ ले १.९ रेटिङ पाएको थियो ।

सलमानको सबैभन्दा कम रेटिङ पाउने फिल्ममा सामेल भएको ‘राधे’ लाई प्रभु देवाले निर्देशन गरेका हुन् । फिल्म रिलिज भएको केही घन्टामै जी प्लेक्सको सर्भर क्रास भएको थियो । तर, एक घन्टापछि एपले काम गर्न थालेको थियो । फिल्ममा दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा, ज्याकी श्राफ लगायतको पनि मुख्य भूमिका छ । दर्शकले सलमानको एक्सन भने रुचाएका छन् ।filmykhabar/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button