कला

फिल्मकर्मी चेतन कार्कीको कोरोना संक्रमणबाट निधन

२ जेष्ठ २०७८

विदुर गिरी, काठमाडौं ।

ख्यातिप्राप्त फिल्म लेखक, निर्देशक, गीतकार तथा साहित्यकार चेतन कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत कार्कीको आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

निर्माण नियन्त्रकबाट फिल्मी करियर शुरु गरेका ८४ वर्षिय कार्कीले विश्वास, भूमरी, पहिलो प्रेमजस्ता फिल्मको निर्देशन गरेका थिए। उर्दु भाषाको साहित्य लेखनमा समेत निपुण उनले परिवर्तन, सिन्दूर, जीवनरेखा, माया प्रिती, कान्छीलगायतका दर्जनौं फिल्म लेखेका थिए।

उनलाई नेपाली फिल्म क्षेत्रमा बौद्धिक र हक्की स्वभावका चलचित्रकर्मीका रुपमा चिनिन्छ। उनको परिवारमा श्रीमती र दुई छोरा रहेका छन्।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button