मूल खबर

आज पनि बस्दै एमाले कार्यदलको बैठक

काठमाडौं– नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज (बुधबार) पनि बस्दै छ। यसअघि मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको कार्यदलको बैठकले एकताका लागि भन्दै आचारसंहिता निर्माण गरेको थियो।

आजकाे बैठक साँझ ७ बजे बस्ने कार्यदलका सदस्य सुवास सुवास नेम्वाङले बताए। शकर पोख्रेल बुटवलबाट आउनु पर्ने तथा बिष्णु पौडेल बजेटमा व्यस्त भएकाले बेलुका ७ बजेका लागि बैठक राखिएकाे नेम्वाङले बताए।

आज बस्ने बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधिजस्ता विषयमा छलफल हुने बताइएको छ।आजको बैठकले भोलि हुने राष्ट्रिय सभाको उपनिर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत आइतबार सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो। कार्यदलमा दुवैपक्षका पाँच/पाँच जना नेता रहेका छन्। ओलीपक्षबाट कार्यदलको नेतृत्व सुवास नेम्वाङ र नेपालपक्षको नेतृत्व भीम रावलले गरेका छन्।

कार्यदलमा ओलीपक्षबाट नेम्वाङसहित विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्। यस्तै, नेपालपक्षबाट रावलसँगै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button