
६ जेष्ठ २०७८
काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा विजयी भएपछि डा. खिमलाल देवकोटाले ईतिहास रचेको बताएका छन् ।
राजनीतिक दलको समर्थनमा स्वतन्त्र नागरिकले निर्वाचन जितेर इतिहास रचेको उनको भनाई छ । उनले भने ‘हामीले इतिहास रचेका छौं, किनभने स्वतन्त्र नागरिकलाई मेजर पोलिटिकल पार्टीले सपोर्ट गरेर चुनावमा उठाउनु भनेको नेपालको पहिलो अनुभव होला, सांसरमा पनि सायद पाइदैन ।’
उनले यो जित आफ्नो मात्र नभई स्वतन्त्र नागरिकको जित भएको बताएका छन् । ‘यो मेरो मात्र विजय होइन, स्वतन्त्र रुपमा कलम चलाउने, बहस गर्नेहरुको पनि जित हो’ डा. देवकोटाले भने ।
वाग्मती प्रदेशमा बिहीबार भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा डा. देवकोटाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई पराजित गरेका हुन् ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए।
Ratopati News/from



