
७ जेष्ठ २०७८
न्युज अफ नेपाल, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई कारवाही गर्ने सूचना राष्ट्रपति कार्यालयमा पठाएको छ ।
दलीय अनुशासन उल्लंघन गरेक जनाउँदै २६ जना सांसदलाई दलको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने सूचना पठाइएको छ । संविधानको धारा ७६९५० अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउदै पधानमन्त्रीमा दावी गरेका थिए । उक्त हस्ताक्षरमा देउवालाई एमालेको माधवकुमार नेपाल समूहका २६ सांसदले पनि सघाएका थिए ।



