खबर

वडा अध्यक्ष मेचेको निधन

८ जेठ २०७८
चौतारी पोष्ट अनलाइन

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका वडा नं ७ का अध्यक्ष चन्दन मेचेको निधन भएको छ कोरोना संक्रमण भए पछि १२ दिन अघि झापाको बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको आज बिहान ११ बजे उपचारकैक्रममा निधन भएको हो।

मेचीनगर ७ जोसिमल निवासी ५४ बर्षिय मेचे नेपाली काँग्रेसका जिल्ला सदस्य तथा आदिवासी जनजाती संघका जिल्ला अध्यक्ष समेत रहेका थिए । स्वर्गिय मेचेका श्रीमती र ३ छोरा हुनुहुन्छ । मेचेको आजै अपरान्ह निन्दा नदिमा दाहसंस्कार सम्पन्न भएको पारिवारिकस्रोतले जनाएको छ ।

वडा अध्यक्ष मेचेको निधन प्रति मेचीनगर नगरपालिकाले गहिरो दुःख ब्यक्त गरेको छ । नगरप्रमुख बिमल आचार्यले शोक बक्तब्य जारी गर्दै जनताका असल प्रतिनिधिको निधनले नगरपालिकालाई ठुलो क्षति पुगेको बताए ।
मेचेको निधनले झापा काँग्रेसलाई अपुरणीय क्षति भएको नेपाली काँग्रेस झापाका सभापति उद्धब थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button