मूल खबर

१४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट पेश गरेर फर्किए विपक्षी गठबन्धनका नेता

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरु सर्वोच्च अदालतमा रिट पेश गरेर फर्किएका छन् । उनीहरुले विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित रिट पेश गरेर फर्केका हुन् ।
रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए ।
शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ ९५० अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित रिट तयार पारेका छन् ।

रिटमा गठबन्धनका १ सय ४६ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले नेपाल समूहका २३ र जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका हुन् ।

रिटको सार्वजनिक गरिएको सारसंक्षेप अनुसार, जेठ ८ गते निर्णयलगायत सम्पूर्ण कामकारबाहीलाई असंवैधानिक र गैरकानुनी घोषित गर्न माग गरिएको छ ।

यस्तो छ माग हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button