खेलकुद

अगुएरो बार्सिलोना जाने पेपको खुलासा

जेठ ११, २०७८

एजेन्सी – म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो आफ्नो भावी गन्तव्यका बारेमा प्रष्ट पारिसकेका छैनन् । तर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने अगुएरो बार्सिलोना जाने सम्भावना रहेको बताएका छन् ।

अर्जेन्टिनीले प्रिमियर लिगको अन्तिम खेलका रुपमा शनिबार एभर्टनविरुद्ध खेलेका थिए । एभर्टनलाई ५–० ले हराउँदा दोस्रो हाफमा मैदान प्रवेश गरेको अगुएरोले २ गोल गरका थिए । त्यहि २ गोलले उनी प्रिमियर लिगमा एकै क्लबलाई लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

बार्सिलोनाका पूर्व प्रशिक्षक समेत रहेका ग्वार्डिओलाले अगुएरोको अबको गन्तव्य बार्सिलोना भएको बताए । ‘सायद मैले गोप्यता भंग गरे होला। सम्भवत उनी मेरो मुटुमा रहेको बार्सिलोनासँग सम्झौताको नजिक रहेका छन्,’ उनले भने, ‘उनी विश्वकै सर्वकालिन उत्कृष्ट खेलाडी लिओनल मेस्सीका साथ खेल्न जाँदैछन् ।’

बार्सिलोनामा उनले निकै रमाइलो गर्ने पनि ग्वार्डिओलाको अनुमान छ । अगुएरोको आबद्धता पछि अहिलको अवस्थाबाट अझै बलियो हुने उनले अनुमान गरे । एभर्टनको खेलपछि अगुएरोको बारेमा बोल्दा ग्वार्डिओलाको आँखामा आँसु थियो । ‘हामी उनलाई एकदम माया गछौं । उनी सबैका लागि विशेष व्यक्ति थिए,’ उनले थपे, ‘हामी उनको श्रोत भर्ना गर्न सक्दैनौं । उनले आफ्नो स्तरियता सधै प्रमाणित गरेका छन् ।’

लिगको अन्तिम खेल सुरु हुनुअघि सम्मानस्वरूप सिटीका खेलाडीले उनलाई गार्ड अफ अनर दिएका थिए । ६५ औं मिनेटमा रियाद माहरेजको स्थानमा मैदान प्रवेश गरेका उनले चार मिनेटपछि नै गोल गरे । फर्नान्डीन्होले पेनाल्टी क्षेत्र बाहिर खोसेको बललाई अगुएरोले आउटसाइड फुटबाट प्रहार गर्दै गोल गरेका थिए । त्यसको ५ मिनेटपछि अगुएरोले फर्नान्डीन्होकै पासमा दोस्रो गोल गर्न सफल रहे ।

अगुएरोले अन्तिम खेलमा दुई गोल गर्दै वायन रोनीले राखेको प्रिमियर लिग कीर्तिमान समेत तोडेका छन् । रोनीले म्यानचेस्टर युनाइटेडका लागि १ सय ८३ गोल गरेका थिए । अगुएरोले समग्रमा १ सय ८४ गोल गर्दै प्रिमियर लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाए ।

अगुएरोले सिटीको जर्सीमा खेल्दै ५ पटक प्रिमियर लिग उपाधि जिते । सन् २०११/१२ सिजनको अन्तिम खेलको अन्तिम मिनेटमा गोल गर्दै अगुएरोले इतिहासमा आफ्नो नाम लेखाएका थिए । उनले क्विन्स पार्क रेन्जर्सविरुद्ध उक्त गोल गर्दै सिटीलाई पहिलो प्रिमियर लिग उपाधि दिलाएका थिए । उक्त गोलका कारण नै म्यानचेस्टर युनाइटेड उपाधिबाट विमुख भएको थियो ।

त्यसयता अगुएरोले सिटीको जर्सीमा थुप्रै उपाधि जितेका छन् । घरेलु फुटबलमा एक पछि अर्को उपाधि जितेका उनले च्याम्पियन्स लिगमा भने सोहि सफलता पाएनन् । अगुएरोसँग अब उक्त लक्ष्य पूरा गर्ने अवसर छ । सिटीले अर्को साता च्याम्पियन्स लिग फाइनलमा चेल्सीसँग खेल्दैछ ।

अगुएरोले आफैंले भने च्याम्पियन्स लिग सकिएपछि आफ्नो भविष्य निर्धारण गर्ने बताएका छन् । यद्यपि बार्सिलोनासँग उनको सम्झौता भइसकेको पनि जनाइएको छ । उनले फ्रि ट्रान्सफरमा क्याटलान क्लब जाने निर्णय गरेपनि फाइनलपछि मात्र घोषणा गर्ने भएका हुन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button