खबर

बुद्धको शान्ति र अहिंसाको मार्ग नेपालीका लागि गौरवको विषय : प्रचण्ड

१२ जेष्ठ २०७८

काठमाडौ‌ं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पु-याएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको बताएका छन्।

२५६५ औं बुद्ध जन्मजयन्तीको अवसरमा शुभकामना दिँदै दाहालले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूमा सुस्वास्थ्य र दीर्घायूको कामनासमेत गरेका छन्।

‘बुद्धका उपदेश विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत छन्,’ दाहालको सन्देशमा उल्लेख छ,’ ‘सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ। दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँछ।’

अहंकारले विनाश निम्त्याउने केराको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा देखिएको उनकाे भनाइ छ। पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी शक्तिको एक मात्र विकल्प रहेको चर्चा गरेका छन्।

आजकै दिन मनाइने किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा पनि दाहालले शुभकामना दिएका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न भूमिका निर्वाह गर्ने विश्वास उनले लिएको बताएका छन् । Ratopati News/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button